Monday, July 9, 2018

chari laija samachar by sangeet srowta


Real story of mostly people across our country Nepal. Specially when monsoon comes out every year. loved this song so much!

Saturday, July 7, 2018

सन्दर्भ:नेयमार, ब्राजिलियन टिम र उसको क्वार्टरफाइनल खेल- बिश्वकप २०१८




              नेयमार बिश्वकै महँगो फुटबलर त्यसै भएको होईन। उसमाथि लगानी गर्नेले पैसा धेरै भएर कहाँ तह लगाउने होला भनेर लगानी गरेको पनि पक्कै होईन होला! नेयमार उदाउँदो स्टार हो भने अन्य* अस्ताउँदो स्टार। यसमा कसैको दुईमत नहोला पनि। र कुरा रह्यो हिजोको बेल्जियमसँगको खेलको, बिश्वकपको मुखैमा घाईते भएर खेलमा फर्किएको खेलाडीले यो भन्दा कति खेल्ने? उसको बास्तविक क्षमता   प्रदर्शन गर्ने अवस्थामा थिएन ऊ, यो सबैसामु जगजाहेर छ। र
टिमले खेलिने खेलमा कुनै एकजनाले मात्र राम्रो गरेर वा खेलेर मात्र पनि सफल हुने होईन।
त्यसैले अन्य स्टार खेलाडी र उदाउँदो स्टारलाई गालीगलौज गर्दै स्टाटस र कमेन्ट गर्ने गरेर आफ्नो स्तर सबैसामु प्रदर्शन नगरेकै राम्रो। बिशेष गरी मेरा स्टाटस र कमेन्ट लुकी-लुकी हेर्ने तर सामुन्नेमा प्रतिक्रिया दिन सधैँ डराउने अनि आफ्नो सामाग्रीहरुमा बिषवमन गर्ने मित्रहरु देखेर हाँसो उठ्छ, दया लाग्छ। र ब्राजिल टिमको खेल कौशलको कुरा गर्दा, सायदै कोही होलान् कुनै न कुनै समयमा ब्राजिलको फ्यान नभएको। # टिम ब्राजिल ईज अल्वेज बेस्ट👍 बट ओन्ट बि फरेवर**
#मैले सुनेका र टिभीमा हेरेका ब्राजिलियन पूर्वस्टारहरु #पेले, #रोनाल्डो, #रिबाल्डो, #रोनाल्डिनो, #काका
*जे कुराको पनि एउटा निश्चित अवधि हुन्छ।
र अर्को एउटा शाश्वत कुरा #सूयोदय पछि सूर्यास्त अवश्य हुन्छ!
** कुनैपनि चिज त्यतिबेला सम्म राम्रो लाग्छ/हुन्छ जतिबेलासम्म उसले राम्रा गुणहरू मार्फत अरूको ध्यानाकर्षण गराईरहन सक्छ।
ईतिश्री!!!

Saturday, October 5, 2013

हाम्रो लोक उपभोक्ता सहकारी संस्था लि. को पाँचौ बार्षिक साधारण सभा सम्पन्न

केशवराज रानाभाट 
पोखरा, १९ आश्विन २०७०

हाम्रो लोक उपभोक्ता सहकारी संस्था लि. पोखरा-१४ को पाँचौ बार्षिक साधारण सभा पोखरा- १८ स्थित बाच्छेबुडुवामा आज सम्पन्न भएको छ ! सदस्यहरुलाई विभिन्न दैनिक उपभोग्य सामान लगायत खाध्य सामाग्री तथा मल, बीऊबिजन जस्ता आबश्यकिय सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने हेतुले बि.सं. २०६६ सालमा दर्ता भई बिधिबत रुपमा  कार्य गर्न सुरु गरेको संस्थामा हाल ८१ जना शेयर सदस्यहरु रहेका छन् ! र आगामी दिनमा शेयर सदस्यहरु थप्दै लैजाने कार्य योजना रहेको संस्थाको कार्यक्षेत्र पोखरा-१४,१५ र १८ वडाहरु रहेको छ !
                      राष्ट्रिय उपभोक्ता सहकारी संघ केन्द्रिय सदस्य श्री युवराज पराजुलीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्री अमर ढुंगानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तब्य संस्थाकी सदस्य श्रीमती जीवन कुमारी बरालले दिएकी थिईन ! कार्यक्रममा अध्यक्ष लगायत अन्य व्यक्तित्वहरुले सरकारले आफ्नो लगानी तथा स्वामित्व रहेका संस्थान जस्तै कृषि सामग्री लि., खाध्य संस्थान, साल्ट ट्रेडिंग लि., नेशनल ट्रेडिंग लि., दुग्ध बिकाश संस्थान, आयल निगम लगायतका संस्थाहरुले उपभोक्ता सहकारीहरुलाई अन्य निजि नाफामुलक ब्यबसायिक प्रतिस्ठान तथा पसलहरुलाई भन्दा न्यून एवं सुपथ मुल्यमा सामानहरु उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएका थिए ! कार्यक्रममा बिशेष अतिथि सहकारी डिभिजन कार्यालयकी अधिकृत श्रीमती इश्वरी ढकालले प्रशिक्षण दिनुका साथै आफ्ना भनाईहरु प्रस्तुत गरेकी थिईन ! कार्यक्रममा लेखा समिति संयोजक श्री भिम ब. कुँवरले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने श्री रामचन्द्र ढुंगानाले सचिबको प्रतिबेदन एवं कोषाध्यक्ष श्री जगन्नाथ तिमिल्सेनाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ! त्यस्तै अध्यक्षले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुका साथै भावी कार्य योजना समेत पेश गरेका थिए ! अध्यक्ष लगायत सम्पूर्ण उप-समितिले प्रस्तुत गरेका प्रतिबेदन उपर उपस्थित सम्पूर्ण शेयर सदस्यहरुले छलफल गरि सर्ब सम्मत रुपमा पारित गरेको छ ! कार्यक्रममा जिल्ला उपभोक्ता सहकारी संघ, कास्कीका अध्यक्ष श्री हरि लामिछाने, संस्थाका सदस्य श्री खड्क बि.क. लगायतले आफ्ना भनाईहरु राखेका थिए ! कार्यक्रम संस्थाका सदस्य श्री रेशम जि.सी. ले संचालन  गरेका थिए !

Tuesday, August 6, 2013

भाट समाज कास्कीद्धारा विद्यार्थी तथा प्रतिभाहरु सम्मानित


1Like · ·

Friday, June 21, 2013

भाट समाज नेपाल, कास्कीको एस.एल. सी. सम्मान कार्यक्रम...बि.सं २०७०....

भाट समाज नेपाल, कास्कीले बिगतका वर्षहरुमाझैं कास्की जिल्ला भित्र बसोबास गर्ने भाटबन्धु भाई-बहिनिहरुलाई गर्दै आइरहेको एस.एल.सी. सम्मान कार्यक्रमलाई, यस वर्ष पनि निरन्तरता दिइने र सोको लागि शैक्षिक सत्र २०६९ को एस.एल.सी. पास गर्नुहुने सम्पूर्ण भाटबन्धु भाइ-बहिनिहरुको मार्कसीट यहि असार १५ गते भित्र भाट समाज कास्की (पबित्र बचत तथा ऋण सहकारी संस्था) महेन्द्रपुलको कार्यालयमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछौं !

(संयोजक)
केशवराज रानाभाट
तथा
भाट समाज नेपाल, कास्की

धन्यवाद !

BUDDHA WAS BORN IN NEPAL












 
बुद्धको जन्म नेपालमा भएको थियो
Boeddha is gebore in Nepal.
Buda u lind në Nepal.
ﻭﻟﺪ ﺑﻮﺫﺍ ﻓﻲ ﻧﻴﺒﺎﻝ .
Բուդդա ծնվել է Նեպալում.
Buddha Nepal anadan olub.
Buda zen Nepal jaio zen.
Буда нарадзіўся ў Непале.
বুদ্ধ নেপালে জন্মগ্রহণ করেন.
Buda je rođen u Nepalu.
Буда е роден в Непал.
Buda va néixer al Nepal.
Buddha natawo sa Nepal.
佛出生在尼泊尔。
佛出生在尼泊爾。
Buddha je rođen u Nepalu.
Buddha se narodil v Nepálu.
Buddha blev født i Nepal.
Boeddha werd geboren in Nepal.
Buddha was born in Nepal.
Budho naskiĝis en Nepalo.
Buddha sündis Nepal.
Buddha ay ipinanganak sa Nepal.
Buddha syntyi Nepalissa.
Bouddha est né au Népal.
Buda naceu no Nepal.
Buddha დაიბადა ნეპალის.
Buddha wurde in Nepal geboren.
Βούδας γεννήθηκε στο Νεπάλ.
બુદ્ધ નેપાળ થયો હતો.
Bouda te fèt nan Nepal.
בודהה נולדה בנפאל .
बुद्ध नेपाल में पैदा हुआ था.
Buddha yug nyob rau hauv Nepal.
Buddha született Nepálban.
Búdda fæddist í Nepal.
Buddha lahir di Nepal.
Rugadh Buddha i Neipeal.
Buddha nacque in Nepal.
ブッダはネパールで生まれました 。
Buddha miyos ing Nepal.
ಬುದ್ಧ ನೇಪಾಳ ಜನಿಸಿದರು.
ព្រះពុទ្ធបានកើត នៅក្នុងប្រទេសនេ ប៉ាល់។
부처님은 네팔에서 태어났다.
ພຣະພຸດທະເຈົ້າເກ ີດຢູ່ໃນອິນໂດເນ.
Buddha natus in Nepalia.
Buda dzimis Nepālā.
Buda gimė Nepale.
Буда бил роден во Непал.
Buddha dilahirkan di Nepal.
Buddha twieled fin-Nepal.
बुद्ध नेपाळ मध्ये त्यांचा जन्म झाला.
Buddha ble født i Nepal.
ﺑﻮﺩﺍ ﺩﺭ ﻧﭙﺎﻝ ﻣﺘﻮﻟﺪ ﺷﺪ .
Budda urodził się w Nepalu.
Buda nasceu no Nepal.
Buddha sa născut în Nepal.
Будда родился в Непале.
Буда је рођен у Непалу.
Budha sa narodil v Nepále.
Buddha se je rodil v Nepalu.
Buda en Nepal nació.
Buddha alizaliwa katika Nepal.
Buddha föddes i Nepal.
புத்தர் நேபால் பிறந்தார்.
బుద్ధ నేపాల్ లో జన్మించాడు.
พระพุทธเจ้าเกิด ในประเทศเนปาล
Buda Nepal doğdu.
Будда народився в Непалі.
ﺑﺪﮪ ﻧﯿﭙﺎﻝ ﻣﯿﮟ ﭘﯿﺪﺍ ﮨﻮﺋﮯ .
Ðức Phật ra đời tại Nepal.
Roedd Bwdha eni yn Nepal.
בודאַ איז געבוירן אין נעפּאַל .