Saturday, October 26, 2013
Saturday, October 5, 2013
हाम्रो लोक उपभोक्ता सहकारी संस्था लि. को पाँचौ बार्षिक साधारण सभा सम्पन्न
केशवराज रानाभाट
पोखरा, १९ आश्विन २०७०
हाम्रो लोक उपभोक्ता सहकारी संस्था लि. पोखरा-१४ को पाँचौ बार्षिक साधारण सभा पोखरा- १८ स्थित बाच्छेबुडुवामा आज सम्पन्न भएको छ ! सदस्यहरुलाई विभिन्न दैनिक उपभोग्य सामान लगायत खाध्य सामाग्री तथा मल, बीऊबिजन जस्ता आबश्यकिय सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने हेतुले बि.सं. २०६६ सालमा दर्ता भई बिधिबत रुपमा कार्य गर्न सुरु गरेको संस्थामा हाल ८१ जना शेयर सदस्यहरु रहेका छन् ! र आगामी दिनमा शेयर सदस्यहरु थप्दै लैजाने कार्य योजना रहेको संस्थाको कार्यक्षेत्र पोखरा-१४,१५ र १८ वडाहरु रहेको छ !
राष्ट्रिय उपभोक्ता सहकारी संघ केन्द्रिय सदस्य श्री युवराज पराजुलीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्री अमर ढुंगानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तब्य संस्थाकी सदस्य श्रीमती जीवन कुमारी बरालले दिएकी थिईन ! कार्यक्रममा अध्यक्ष लगायत अन्य व्यक्तित्वहरुले सरकारले आफ्नो लगानी तथा स्वामित्व रहेका संस्थान जस्तै कृषि सामग्री लि., खाध्य संस्थान, साल्ट ट्रेडिंग लि., नेशनल ट्रेडिंग लि., दुग्ध बिकाश संस्थान, आयल निगम लगायतका संस्थाहरुले उपभोक्ता सहकारीहरुलाई अन्य निजि नाफामुलक ब्यबसायिक प्रतिस्ठान तथा पसलहरुलाई भन्दा न्यून एवं सुपथ मुल्यमा सामानहरु उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएका थिए ! कार्यक्रममा बिशेष अतिथि सहकारी डिभिजन कार्यालयकी अधिकृत श्रीमती इश्वरी ढकालले प्रशिक्षण दिनुका साथै आफ्ना भनाईहरु प्रस्तुत गरेकी थिईन ! कार्यक्रममा लेखा समिति संयोजक श्री भिम ब. कुँवरले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने श्री रामचन्द्र ढुंगानाले सचिबको प्रतिबेदन एवं कोषाध्यक्ष श्री जगन्नाथ तिमिल्सेनाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ! त्यस्तै अध्यक्षले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुका साथै भावी कार्य योजना समेत पेश गरेका थिए ! अध्यक्ष लगायत सम्पूर्ण उप-समितिले प्रस्तुत गरेका प्रतिबेदन उपर उपस्थित सम्पूर्ण शेयर सदस्यहरुले छलफल गरि सर्ब सम्मत रुपमा पारित गरेको छ ! कार्यक्रममा जिल्ला उपभोक्ता सहकारी संघ, कास्कीका अध्यक्ष श्री हरि लामिछाने, संस्थाका सदस्य श्री खड्क बि.क. लगायतले आफ्ना भनाईहरु राखेका थिए ! कार्यक्रम संस्थाका सदस्य श्री रेशम जि.सी. ले संचालन गरेका थिए !

Subscribe to:
Comments (Atom)