काठमाडौँ, असोज १९ (नागरिक) - मुस्ताङको जोमसोमबाट पोखरातर्फ उड्न लागेको
नेपाल एयरलाइन्सको ट्विनअटर जहाज विमानस्थलमा दुर्घटना हुनबाट बचेको छ।
बिहान ६ बजेर ५५ मिनेटमा रनवेतर्फ लाग्दै गर्दा विमानस्थलको खाल्डोमा
जहाजको पाङ्ग्रा फँसेको थियो।
चार वर्षअघि यही जहाज काठमाडौँ विमानस्थलमा यसरी दुर्घटना भएको थियो। फाइल तस्बिरः एएफपी
चालक दलका ६ सदस्य र १८ यात्रु रहेको सो जहाज पाङ्ग्रा अड्किएर ढल्किए पनि कसैलाई चोटपटक लागेको छैन।
९एन- एबिटी कल साइन रहेको सो ट्विनअटर जहाजलाई सुरक्षा निकाय र स्थानीयबासीले तानेर सुरक्षित स्थलमा राखिएको छ।
चार वर्षअघि (२०६५ पुस १० गते) यही जहाज सहचालकलाई प्रशिक्षण दिने क्रममा
काठमाडौँ विमानस्थलमा रनवेबाट बाहिरिएर दुर्घटना भएको थियो। त्यतिबेला
जहाजमा रहेका चालक दलका दुई सदस्य सामान्य घाइते भएका थिए।
चार वर्षअघि यही जहाज काठमाडौँ विमानस्थलमा यसरी दुर्घटना भएको थियो। फाइल तस्बिरः एएफपी
चालक दलका ६ सदस्य र १८ यात्रु रहेको सो जहाज पाङ्ग्रा अड्किएर ढल्किए पनि कसैलाई चोटपटक लागेको छैन।
९एन- एबिटी कल साइन रहेको सो ट्विनअटर जहाजलाई सुरक्षा निकाय र स्थानीयबासीले तानेर सुरक्षित स्थलमा राखिएको छ।
चार वर्षअघि (२०६५ पुस १० गते) यही जहाज सहचालकलाई प्रशिक्षण दिने क्रममा काठमाडौँ विमानस्थलमा रनवेबाट बाहिरिएर दुर्घटना भएको थियो। त्यतिबेला जहाजमा रहेका चालक दलका दुई सदस्य सामान्य घाइते भएका थिए।

No comments:
Post a Comment