कास्की, २३ असोज । पर्यटकीय सहर पोखरामा नयाँ पर्यटकीय आकर्षण थपिएको छ ।
हाई ग्राउन्ड एड्भेन्चर नामक संस्थाले रु १३ करोडको लागतमा जिप फ्लाएर साचालनमा ल्याएपछि पोखरामा साहसिक पर्यटकका लागि अर्को गन्तव्यस्थल थपिएको हो । जिप फ्लाएरमार्फत कास्कीको सराङकोटमा रहेका पर्यटक एक मिनेट ३० सेकेन्डमा हेम्जामा आइपुग्ने छन् ।
गोल्छा अर्गनाइजेसन नेपाल र मङ्गलम् ग्रुपको संयुक्त लगानीमा जिप फ्लाएर साचालनमा आएको हो । यसबाट पोखरामा पर्यटकको बसाइ लम्ब्याउनसमेत सहयोगी बन्ने विश्वास पर्यटन व्यवसायीले लिएका छन् ।
सराङकोटदेखि हेमजासम्म जडान गरिएको स्टिल केवलको दूरी एक किलोमिटर ८०० मिटर रहेको छ । युवादेखि प्रौढसम्मले जिप फ्लाएरमार्फत मज्जा लिन सक्नेछन् । पाँच हजार ३२ फिट उचाइमा रहेको सराङकोटबाट हेम्जा आइपुग्न विदेशी पर्यटकलाई रु पाँच हजार ८९० र नेपालीलाई रु तीन हजार ८९० शुल्क तोकिएको छ ।
उक्त शुल्कमा पोखराको लेकसाइडमा रहेका पर्यटकले गाडीमार्फत सराङकोट पुगेर हेम्जा झर्न पाउने र हेमजादेखि लेकसाइडसम्म जान आउन र बाटोमा तालिमप्राप्त गाइडमार्फत फेवाताल माछापुच्छ्रेजस्ता पर्यटकीयस्थल र यहाँको स्थानीय संस्कृतिका बारेमा जानकारी लिन पाउने छन् ।
अपि्रुका प्रुान्सजस्ता विकसित देशहरुमा जिप फ्लाएर साचालनमा आए पनि यति लामो दूरीमा विश्वमै पहिलोपटक भएको संस्थाका म्यानेजिङ डाइरेक्टर अभिनय चुरियालले जानकारी दिनुभयो । उहाँका अनुसार १३ सय फिटको उचाइमा रहेको अलास्काको आइसिस्टेक यसपछिको दोस्रो ठूलो जिप लाइन साचालनमा छ । भारतमा एकमात्र २०० मिटर लामो जिप लाइन साचालनमा छ ।
ु यो जिप उड्ने पनि होइन र गुड्ने पनि यो चिप्लन्छ मात्र । यसबाट हावामा उडेकोजस्तो अनुभव हुन्छु- चुरियलले भन्नुभयो- ुजुनसुकै उमेर र मुटु रोगीले पनि जिप लाइन चढ्न सक्छ ।ु उहाँले वार्षिक १० हजारका दरले पर्यटक भित्रुएर आगामी छ वर्षमा नै लगानी उठाउने लक्ष्य लिइएको बताउनुभयो ।
पोखरामा दुई वर्ष अगाडिदेखि जिप लाइनको काम सुरु गरिएको थियो । दुई महिना अघिदेखि सुरु गरिएको परीक्षणकालमा मात्र जिप लाइनबाट ५०० पर्यटकले मज्जा लिइसकेका छन् । पोखरामा सुरु गर्नुभन्दा अगाडि धेरै ठाउँमा सर्भे गरे पनि उपयुक्त ठाउँको अभावमा अन्यत्र जिप लाइन साचालन गर्न नसकिएको म्यानेजिङ डाइरेक्टर चुरियलले बताउनुभयो ।
No comments:
Post a Comment